Admission Open

ad place

आज तिहारको पाँचौ दिन भाइटीका : कस्तो रहला मौसम ?

काठमाडौं, १० कार्तिक : आज तिहारको पाँचौ दिन भाइटीका । मौसमले पनि साथ दिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहे पनि बाँकी क्षेत्रको मौसम सामान्यता सफा छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ ।

प्रदेश १, बागमती र गण्डकीका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...