Admission Open

ad place

आज गाईपूजा : गाईको पूजागरी मीठो खानेकुरा खान दिएर मनाइँदै

काठमाडौं, ८ कात्तिक : आज यमपञ्चकको चौथो दिन कात्तिक शुक्ल प्रतिपदा तिथि आज गाईको पूजा गरेर गाईलाई मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

हिन्दु धर्ममा गाईलाई माता समान मान्ने चलन छ । यसरी गाईलाई गौमाताको रुपमा मानेर विधिविधानपूर्वक पूजा गरी गाईको शरीरका विभिन्न अङ्कोसमेत पूजा गर्ने चलन रहेको छ ।

यसरी गाईको पूजागरी मिठा खानेकुरा र नुनपिठो खान दिई गाईलाई पनि खुसी पार्ने रहेको छ । त्यस्तै गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

टिप्पणिहरु
Loading...