काठमाडौं, १ कात्तिक : मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।
बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी क्षेत्रमा मौसम सफा रहेको छ भने दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा आंशिकदेखि सामान्य बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाका अनुसार बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी भूभागका एक(दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ । राति गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने आकलन गरिएको छ । बुधबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।