Admission Open

ad place

शताब्दी पुरुष सत्यमोहन जोशीको शोकमा आज सार्वजनिक बिदा

काठमाडौं : सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणी पोखरेलले सोमबार एक सूचना जारी गर्दै मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएका छन् ।

TVS_Golden key

प्रवक्ता पोखरेलले जारी गरेको सूचनामा भनिएको छ, ‘संस्कृतीविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरूमा मिति २०७९ साल कार्तिक १ गते मङ्गलवार सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ’ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...