Admission Open

ad place

आज सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर

काठमाडौं : आइतबार एक हजार रुपैयाँले घटेको सुनको मूल्य सोमबार भने सामान्य बढेको छ । सोमबार छापावाल सुन तोलामा २ सय रुपैयाँले  बढेको हो ।

तोलामा २ सय रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन प्रतितोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार तेजाबी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार तोलामा २५ रुपैयाँले घटेको चाँदीको मूल्य सोमबार भने स्थिर रहेको छ । आइतबार ११ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...