
काठमाडौं, ३० असोज : आज बिहान किष्ट मेडिकल कलेज ललितपुरमा सत्यमोहन जोशीको निधन भएको जोशीको पारिवारिक श्रोतले बताएको छ । जोशी १०३ वर्षको हुनुहुन्थ्यो ।
जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो ।
जोशीको निधन भएको अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले पुष्टि गरे ।


