Admission Open

ad place

निवार्चनलाई लक्षितगरि मत सर्वेक्षण गर्न नपाइने

काठमाडौं : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरि मत सर्वेक्षण गर्न नपाइने निवार्चन आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ लागु भइरहेको सन्दर्भमा आचारसंहिता विपरीत कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको निर्वाचन आयोगको अनुगमनबाट पाइएको बताइएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) अनुशार उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण नगर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा तथा प्रकाशन नगर्न आयोगले आग्रह गरेको छ ।

त्यसैगरि आचारसंहिताको दफा ४ को (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्नसमेत नहुने व्यवस्था रहेको आयोगले जनाएको छ । उपरोक्त व्यवस्थाहरु विपरीत कोही कसैले कार्य गरेमा कानुन बमोजिम कारबाही हुने बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...