Admission Open

ad place

अमेरिका पुगे अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन मङ्गलबार साँझ अमेरिकाको राजधानी वाशिङटन डिसी पुगेका छन् ।

अर्थमन्त्री शर्मालाई विमानस्थलमा स्वागत गर्न अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीलगायत दूतावासका प्रतिनिधिहरु पुगेका थिए) । अमेरिकाको राजधानी वाशिङटन डिसीमा अक्टोबर १० देखि सुरु भएको विश्व बैंकको वार्षिक बैठक १६ तारिखसम्म जारी रहनेछ ।

अर्थमन्त्री शर्माको नेतृत्वमा विश्व बैंकको बैठकमा सहभागी हुन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव कृष्णहरि पुष्करसहित अर्थ मन्त्रालय तथा राष्ट्र बैंकका उच्च अधिकारीहरु वाशिङटन डिसी पुगेका छन् ।

अर्थमन्त्री शर्माले बुधवार विश्व बैंक भोटिङ ग्रुपको बैठकमा सहभागिता जनाउनाका साथै विश्व बैंकको विभिन्न मन्त्रिस्तरीय सत्रहरुमा सहभागी हुनेछन्। उनले अमेरिकी सहयोग नियोगका उच्च अधिकारीसँग भेटघाट गर्ने, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च पदाधिकारीहरुसँग पनि छलफल गर्ने कार्यक्रम रहेको वाशिङटन डिसीस्थित नेपाली दूतावासले जनाएको छ ।

त्यस्तै, सोमबार अमेरिका पुगेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने बैठकका विभिन्न सत्रमा नेपालका तर्फबाट सहभागिता जनाएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...