Admission Open

ad place

सेयर बजार लगातार ओरालो, १६.०६ अंकले नेप्से घट्दा कारोबार ५५ करोड २८ लाख

काठमाडौँ २५ असोज : मंगलबार पनि सेयर बजार परिसूचक (नेप्से) ओरालो लागेको छ । लगातार घट्दै आएको सेयर बजारमा अझै सुधार आउन सकेको छैन् ।

साताको दोस्रो कारोबार दिन २७ दशमलव १६ अंकले घटेको नेप्से तेस्रो दिन मंगलबार पनि १६ दशमलव ०६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से १६.०६ अंकले घटेर १८५५ दशमलव १६ विन्दुमा झरेर बन्द भएको हो ।

आज २२९ कम्पनीको १७लाख ६८ हजार ६९२ कित्ता सेयर किनबेच हुँदा टोटल ५५ करोड २८ लाख बराबरको बराबरको कारोबार भएको हो । आज सेयर कारोबार रकममा समेत भारी गिरावट आएको छ । सोमबार ९७ करोड १७ लाख रुपैयाँको कारोबार भएको थियो ।

कुल ३३ कम्पनीको मूल्य बढ्दा १४२ को घट्यो भने ९ को स्थिर रह्यो । बैंकिङ ९, विकास बैंक ४३, फाइनान्स १३, जलविद्युत् १५, जीवन बीमा १२३, उत्पादन ३६, माइक्रोफाइनान्स १७, निर्जीवन बीमा ७० र अन्य उपसमूह १५ अंक घटे ।

कारोबार रकमका आधारमा नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, हिमालय पावर पार्टनर, रिडी पावर र नेपाल टेलिकम क्रमशस् अगाडि रहे ।

ब्यापार र होटल उपसमूह भने झिनो अंकमा हरियो रहे । दुई कम्पनी समिट लघुवित्त र अभियान लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । बिन्ध्यबासिनी हाइड्रोको मूल्य सबैभन्दा धेरै ७ प्रतिशत घट्यो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...