काठमाडौं, २५ असोज : नेपाली बजारमा आइतबार एकैदिन ३ हजारले बढेको सुनको मूल्य सोमबार र मंगलबार भने निरन्तर घटिरहेको छ । सोमबार तोलामा ८ सयले घटेको सुनको मूल्य मंगलबार पनि पुन तोलामा १२ सय रुपैयाँले घटेको छ ।
तोलामा १२ सय रुपैयाँले घटेसँगै मंगलबार छापावाल सुनको मूल्य प्रतितोलाको ९४ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन तोलाको ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको ९३ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार तेजाबी सुन तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । तोलामा १५ रुपैयाँले घटेसँगै चाँदी आज तोलाको १२ सय १५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।