काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार अमेरिकी डलर एकको खरिद मूल्य १३१ रुपैया ४२ पैसा र विक्रिदर १ को १३२ रुपैयाँ ०२ पैसा कायम रहेको छ ।
त्यस्त, युरोपियन युरो एकको खरिद मूल्य १२८ रुपैया ०४ पैसा र बिक्री मूल्य १२८ रुपैयाँ ६३ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्री दर ८४रुपैया ०८ पैसा,बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४५ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्री दर १४६ पैसा ३६ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३४ रुपैया ९७ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ १३ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्री दर २८रुपैयाँ ३९ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३६ रुपैयाँ २५ पैसा, कुवेती दिनार एकको खरिददर ४२३ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४२५ रुपैयाँ ८७ पैसा र बहराइन दिनार एकको खरिदमा ३४८ रुपैयाँ २२ पैसा र बिक्रीमा ३४९ रुपैयाँ ८१ पैसा रहेको छ ।
त्यस्तै, जापानीज येन १० को खरिद मूल्य ९ रुपैयाँ ०४ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ०८ पैसा र चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८ रुपैयाँ ५५ पैसा, कोरियन वन १०० को खदिरमा ९ रुपैयाँ २७ पैसा र बिक्रीमा ९ रुपैयाँ ३२ पैसा, हङ्कङ डलर एकको खरिदमा १६ रुपैयाँ ७४ पैसा र बिक्रीमा १६ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।