काठमाडौं : अब शनिबार संचलान हुँदै आएको विद्युत महसुल संकलन काउन्टर बन्द हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले वितरण तथा ग्राहक सेवा निर्देशनालयले एक सूचना जारी गर्दै शनिबार संचालन हुँदै आएको विद्युत महसुल संकलन काउन्टर बन्द हुने जानकारी दिएको हो ।
सूचना प्राधिकरणले विभिन्न सेवा प्रदायक कम्पनीमार्फत हरेक दिन बिहान १० देखि राति १२ बजेसम्म अनलाइन भुक्तानीको सुविधा भएकाले शनिबार महसुल काउन्टर बन्द गर्ने जनाएको छ ।
यसअघि पहिला अनलाइन पेमेन्टको सूविधा नभएको अवस्थामा प्राधिकरणका केही वितरण केन्दैहरुमा विद्युत उपभोक्ताहरुले विद्युत महसुल बुुझाउदाँ हुने भीडलाई ध्यानमा राख्दै अतिरिक्त विद्युत महसुल संकलन केन्द्र खोलिएको थियो । अब अनलाइन मार्फत महसुल तिर्न सकिने भएकाले शनिबार महसुल काउन्टर खोल्न आवश्यक नदेखिएको प्राधिकरणको तर्क छ।