Admission Open

ad place

भोलिदेखि प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारी दर्ता 

काठमाडौं, २२ असोज : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले भोलि आइतबारदेखि प्रत्यक्ष तर्फको उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।

निर्वाचन आयोगले बिहान १०:०० देखि सॅाझ ५:०० बजेसम्म मनोनयन दर्ता गर्न सकिने जनाएको छ ।

उम्मेदवारी दर्ताका लागि आयोगले कुनै पनि शुल्क तोकेको छैन । तर, उम्मेदवारले धरौटी रकम भने जम्मा गर्नुपर्ने हुन्छ ।

प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिन १० हजार रुपैयाँ धरौटी तोकिएको छ भने प्रदेश सभा सदस्यका लागि ५ हजार रुपैयाँ धरौटी तोकिएको छ ।

तर, महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने आयोगले जनाएको छ ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...