Admission Open

ad place

काठमाडौं : लगातार परेको बर्षाका कारण देशभरी अहिले साना तथा ठूला नदीको सतह बढीरहेको छ । नारायणी नदीको सतहले खतराको तह पार गरेको छ ।

नारायणी नदीको सतह बिहानैदेखि चेतावनीको तहभन्दा माथि पुगेको चितवनको देवघाटस्थित मापन केन्द्रले जानकारी दिएको हो । नारायणी नदीको तह नारायणघाटस्थित पुलमा ११.७८ मिटर पुगेको छ।

त्यहाँ ११ मिटर पानीको सतह पुग्दा नदी आसपासका बासिन्दालाई सतर्क रहन सूचना जारी गरिन्छ।देवघाटमा पानीको सतह ७.३ मिटर नाघ्दा सतर्क रहन चेतावनी दिने गरिन्छ। नौ मिटरभन्दा माथि पुग्नुलाई खतराको तह मानिन्छ। अहिले देवघाट क्षेत्रमा नारायणी नदीको सतह ९.०९ मिटर पुगेको छ। पानीको तह निरन्तर बढिरहेको केन्द्रले जनाएको छ।

त्यस्तै, तल्लो तहमा पनि नारायणी नदीको सतह खतराको तहमा पुग्न थालेको जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ। विभागको वेबसाइटले पानीको सतह निरन्तर बढिरहेको जनाएको छ।

नारायणी नदीमा पानीको बहाव बढ्दा पश्चिम चितवन र नवलपुर क्षेत्रमा बाढीको खतरा हुन्छ।यसैगरी पानीको तह चितवनको राप्ती र बूढी रापतीमा पनि बढिरहेको छ। रत्ननगर नगरपालिकास्थित बूढी राप्तीको बाढी वडा नम्बर ८ मा पर्ने बाघमारा क्षेत्रको बस्तीमा पसेको छ भने भरतपुर महानगरपालिका-२६ दिव्यनगरको सिसैका दुई परिवारलाई प्रहरीले स्थानीय विद्यालयमा सारेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...