Admission Open

राष्ट्रपतिले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने समय २ घण्टा

काठमाडौँ, १९ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधबार विजया दशमीका दिन विशिष्ट व्यक्ति र सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएकी छन्।

राष्ट्रपति कार्यालयले राष्ट्रपति भण्डारीले विशिष्ट व्यक्तिलाई टीका लगाउनका लागि १ घण्टा समय छुट्याइएको जनाएको छ। यस्तै, सर्वसाधारणका लागि २ घण्टाको समय निर्धारण गरिएको छ।

इच्छुक विशिष्ट व्यक्तिहरु उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, केन्द्र सरकारका मन्त्री, प्रदेश प्रमुख, न्यायाधीशहरु, संघीय संसदका सांसद र संवैधानिक निकायका पदाधिकारीहरुलाई बुधबार दिउँसो २ बजेदेखि ३ बजे सम्मको समय निर्धारण गरिएको छ। यस्तै, राष्ट्रपतिबाट टीका लगाउन इच्छुक सर्वसाधारणका लागि दिउँसो ३ बजेदेखि अपराह्न ५ बजे सम्मको समय निर्धारण गरिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...