Admission Open

आज देशका धेरै ठाउँमा भारी वर्षा हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं : आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । मौसमविद् गंगा नगरकोटीका अनुुसार आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ भने केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

आजदेखि पूर्णिमासम्म नै पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम बढेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।
बिहान हल्का मात्रै वर्षा भए पनि दिउँसो हल्कादेखि मध्यम वर्षा हुने र राति वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेश प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको उनले बताइन् ।

उनका अनुसार कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अन्य प्रदेशको तुलनामा कम पानी पर्ने अनुमान छ । तर भोलिदेखि यी प्रदेशमा पनि धेरै पानी पर्ने मौसमविद्ले बताएका छन् ।

सोमबार काठमाण्डौसहित वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको मौसमविद्ले बताएका छन् ।

आजदेखि देशका धेरैजसो नदीमा पानीको बहाव बढ्ने अनुमान गरिएको छ ।  देशका धेरैजसो नदीमा आजदेखि पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह छ । असोज १९ गतेदेखि २२ गते शनिवारसम्म पश्चिम सेती, महाकाली र यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने तथा सतर्कता तह आसपास पुग्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यात्रा गर्दा वर्षादी, छाता जस्ता ओतो बोक्न सुझाव दिइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...