Admission Open

समानुपातिकको बन्दसूची बत्तीस दलले सच्याए

काठमाडौँ, १७ असोज : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समयसीमा सकिने दिन आइतबार बत्तीस दलले बन्दसूची संशोधन गरेका छन्।

निर्वाचन आयोगले असोज २ र ३ गते आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि दलहरूले आइतबार संशोधित सूची बुझाउने अन्तिम दिने तोकेको थियो। आयोगले बन्दसूचीको प्रस्तावमाथि जाँचबुझ गरी संशोधनका लागि असोज ४ देखि ९ गतेसम्म सूची पेस गर्न ४८ राजनीतिक दललाई पत्राचार गरेको यियो । आयोगमा दार्ता भएका ४८ दलमध्ये ३२ दलले बन्दसूची संशोधन गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...