काठमाडौँ, १६ असोज : आज बडादसैंको सातौँ दिन, सप्तमी अर्थात् फुलपाती । आज धार्मिक परम्पराअनुसार घर(घरमा फुलपाती भित्र्याईदै छ । फुलपाती, (अदुवाको बोट, उखुको बोट, धानका बाला, दारिम, बेलपत्र, जयन्ती, केरा, अशोकका पात ईत्यादि) नयाँ पालुवालाई फुलपातीका रुपमा शुभसाइतको प्रतीक मानी दुर्गा भवानीको रुपमा प्रतीमा जमरा राखिएको कोठामा विधिपुर्वक भित्र्याईन्छ। हनुमानढोका दरबारस्थित दशैंघरमा पनि आज फुलपाती विशेष समारोहकाबीच भित्र्याईन्छ। फूलपातिको यो प्रचलन शाहवंशसँग सम्बन्धित छ। पृथ्वीनारायण शाहले काठमाडौँ विजय गरिसकेपछि राजधानी काठमाडौँ बनाएका थिए र गोरखाबाट फूलपाति यहाँको दरबारमा ल्याउने व्यवस्था मिलाएका थिए।
घटस्थापनादेखि शुरुभएको चाडको राजा (दशैुं फूलपातीका दिनदेखि भने बल्ल प्रारम्भ भएको अनुभूति हुन्छ। यसै दिनदेखि सार्बजनिक विदा हुने भएकोले घरघरमा विशेष चहलपहल शुरु हुन्छ, र गाउँघरमा मच्चिएका पिङ्का चचहुईंले दशैंको रमझम बढ्न थाल्छ। देशभरि नै देवीका शक्तिपीठहरूमा यसै दिनदेखि दर्शनार्थीको निकै भीड हुन्छ। नवदुर्गाको सातौ रुप ‘कालरात्रिु’ त्जभ म्बचप न्यममभकक० हुन्। फूलपातीको राति यिनै भगवती कालरात्रि देवी महाकालीको विशेष पूजा आराधना गरिन्छ। कृष्ण वर्ण अर्थात् कालो वर्ण भएकी, तीन नेत्र अनि चार हात भएकी, चारै हातमा क्रमशः तरबार, मसाल बोकेकी घोर मुद्रा तथा अभय मुद्रा धारण गरेकी, श्वास फेर्दा आगो ओकल्ने यिनै देवीले भुइँमा झरेको हरेक थोपा रगतबाट पुनर्जीवन पाउने रक्तबीज नामक दैत्यको संहार गरेकी हुन् ।
कालरात्रि-स्तुति :
या देवी सर्वभूतेषु माँ कालरात्री रूपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
(अर्थात् कालरात्रि देवीकी रूपमा सर्वत्र विराजमान माता अम्बे ! म तपाईंलाई कोटी-कोटी प्रणाम गर्छु, मलाई शक्ति दिनुहोस् ।
त्यस्तै पौराणिक कथाअनुसार असुरको राजा रक्तबिजको संहार गर्न भगवती दुर्गाले कालरात्रि अवतार धारण गरेकी थिइन् । सप्तमीको बिहानै नित्य कर्मपछि अरु देवीको जसरी नै पूजाआराधना गरिन्छ ।
करालवन्दना धोरां मुक्तकेशी चतुर्भुजाम् ।
कालरात्री करालिंका दिव्यां विद्युतमाला विभूषिताम् ।।
शास्त्रानुसार कालरात्रीको स्वरुप कालो र भयभित गर्नेवाला छ । कपाल फिजाएको छ भने उनको चार हात छन् । विद्युतको माला लागाएकी यस्ती कालरात्रीको काल पनि डराउने स्वरुप रहेको छ ।
चार हातमध्ये एक हातमा तरवार एकमा काटिएको शीर र अर्को हातमा काटिएको शीरबाट चुहिएको रगत थाप्न कचौरा लिएको यस्तो स्वरुप देवी कालरात्रीको रहेको छ । देवीको जति डरलाग्दो स्वरुप छ त्यति नै शुभफल पनि दिने भएकाले कालरात्रीलाई शुभांकरी पनि भनिन्छ ।
कालरात्रीको उपासनाले मनभित्र र बाहिरका हरेक डर त्रास समाप्त हुने विश्वास गरिन्छ । ज्योतिष शास्त्रमा शनिको प्रकोप हटाउन पनि कालीको उपसना गर्ने विधि रहेको छ ।
नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।
नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुँइचो लाग्ने गर्छ । विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवती, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ ।