काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भिन्न पदमा १०६ जना कर्मचारीको माग गरेको छ । खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि कम्पनीले दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका व्यक्तिले दशौं तहदेखि चौथो तहसम्मका कर्मचारीका लागि आवेदन दिन सकिने कम्पनीले सूचनामा जानकारी दिएको छ ।
कम्पनीले विभागीय प्रबन्धक २ जना, सह-विभागीय प्रबन्धक ६ जना, वरिष्ठ अधिकृत ६ जना अधिकृत १० जना, वरिष्ठ सहायक १९ जना, अटो मिल मेकानिक्स १ जना, मिल अपरेटर १ जना र सहायक ६१ जना कर्मचारीको दरखास्त आव्हान गरेको छ ।
