Admission Open

निर्वाचन खर्च नबुझाउने जनप्रतिनिधिलाई जरिवाना

नेपालगञ्ज : स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाएका बाँकेका जनप्रतिनिधीलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ ।

समयमा निर्वाचन खर्च नबुझाउने बाँकेका एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्तले जानकारी दिए ।

उनीहरु स्थानीय तहको निर्वाचनमा राजनीतिक दलको उम्मेदवार भएर विजयी भएका थिए । सो निर्वाचनमा उम्मेदवार भएर पराजित भएकालाई पनि जरिवाना तोकिएको छ ।

उनले बाँकेका अधिकांश पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यले निर्वाचनको खर्च विवरण नबुझाएको उल्लेख गरे ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...