Admission Open

मेलिना राई र किरण गजमेरको स्वरमा ‘दुई नम्बरी ‘ सार्वजनिक

काठमाडौँ  : मेलिना राई र किरण गजमेरको स्वरको ‘दुई नम्बरी ‘ सार्वजनिक भएको छ। पुष्प खड्का र आशा पौडेलको  अभिनय रहेको सार्वजनिक दुई नम्बरीमा बि पाण्डेको शब्द , सुभाष भुसालको संगीत ,मेलिना राई र किरण गजमेरको स्वर सुन्न सकिन्छ।  गीतमा एरेन्ज भने उदयराज पौडेलले गरेका छन्।

अविरा क्रीएशनले निर्माण गरेको म्युजिक भिडियोलाई रामजी लामिछानेले निर्देशन र कोरियोग्राफी गरेका हुन्।  रोमान्टिक शैलीको गीतमा पुष्प र आशाको प्रस्तुति आकर्षक देखिन्छ।  म्युजिक भिडियोमा मान कृष्ण महर्जनको छायांकन , सुनिता श्रेष्ठ र अविरा क्रीएशनको ड्रेस ,सरस्वती श्रेष्ठको मेकअप ,बन्दे प्रसादको सम्पादन र राजेन्द्र k’मोक्तानको कलर करेक्सन समाबेश रहेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...