Admission Open

ad place

आज संघीय संसदका दुवै सदनको बैठक बस्ने

काठमाडौँ : संघीय संसदका दुवै सदनको बैठक आज बस्ने भएको छ । संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्न लागेको हो ।

बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आव २०७७-०७८  न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने संसद सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने छन् ।  यस्तै राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...