काठमाडौँ, ३० भदौ : यही असोज १ गतेदेखि काठमाडौ महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्न निषेध गर्ने निर्णय गरेको छ।
महानगरपालिकाले भदौ ३० गते गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गरी २०७९ असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइने उल्लेख गरेको छ।
त्यस्तै सार्वजनिक स्थलमा धुम्रपान र सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने, अन्य व्यक्तिबाट हुने प्रयोगलाई निरुत्साहित गर्ने र सार्वजनिक स्थललाई धुम्रपान र सुर्तीजन्य पदार्थबाटमुक्त गर्ने गराउने कार्यका लागि गरिने नियमन तथा नियन्त्रणसम्बन्धी कार्यमा सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गर्दै सूचना जारी गरेको छ।
त्यसैगरी महानगरपालिकाले गरेको उक्त कार्यको उल्लंघन गर्नेलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा तोकिएबमाजिम कारबाही र जरिवाना गराईने समेत सूचनामा उल्लेख गरिएको छ।