Admission Open

ad place

आज प्रतितोला ७ सयले घट्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको ओरालो यात्रा जारी रहेको छ । बुधबार छापावाल सुन फेरि तोलामा ७ सय रुपैयाँले घटेको छ ।

तोलामा ७ सय रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोलाको ९२ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार तेजाबी सुनको मूल्य प्रतितोलाको ९२ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भईरहेको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९३ हजारमा कारोबार भएको थियो ।

त्यसैगरी,बुधबार चाँदी तोलामा १० रुपैयाँले घटेको छ ।आज तोलामा १० रुपैयाँले घटेसँगै चाँदीको मूल्य प्रतितोलाको ११ सय ७५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको ११ सय ८५ रुपैयामा कारोबार भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...