Admission Open

ad place

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक बाहेक पाँच विधेयक प्रमाणीकरण

काठमाडौं, २८ भदौ : राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकता विधेयक बाहेक अरु विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण भएका छन् । प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष आएका नागरिकता विधेयक बाहेकका पाँच विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी हुन ।

जसमा तथ्याङ्क सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न, स्टाण्डर्ड नाम र तौल ऐन, २०२५ लाई संशोधन गर्न, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न, सार्वजनिक पदधारण गर्ने व्यत्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छन् ।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गरेकी हुन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...