Admission Open

दोश्रो जीवन्त म्युजिक अवार्डको फारम खुला

काठमाडौं : गीत संगीतको प्रवर्धनसँगै श्रष्टाको सम्मान र प्रोत्साहनको लागि ‘दोश्रो जीवन्त म्युजिक अवार्ड –२०७९’ आयोजना हुने भएको छ । यो अवार्डको लागि फारम खुला गरिएको आयोजक संस्था अग्लेश्वरी हिल्स् विकाश कोषका अध्यक्ष सिजम सिञ्जालीले बताएका छन ।

यो अवार्डमा २०७८ बैशाखदेखि २०७९ भदौ मसान्तसम्म बजारमा आएका गीत संगीतलाई समावेश गरिने भएको छ । यो अवार्डमा आधुनिक, लोक, पप, लोकदोहोरी, गजल, राष्ट्रिय भाव, भाषाभाषी, भेग विशेष, चलचित्र, पर्वजस्ता विभिन्न प्रकारका गीतहरु समावेश गरिने भएको छ ।

यो अवार्डका लागि गायक, गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, बाद्यबादक, म्युजिक भिडियो निर्देशक, छायाँकार, सम्पादक, कोरियोग्राफर, मोडल, ड्रेस डिजाईनर, मेकअप आर्टिष्टजस्ता विविध विधामा अवार्ड प्रदान गरिने भएको छ । सोही कारण यी विधामा यो अवार्डका लागि फारम भर्न पनि अध्यक्ष सिञ्जालीले अनुरोध गरेका छन् । यो अवार्डमा सहभागी हुन चाहनेहरुले आगामी १४ कात्तिकसम्म फारम भरिसक्नु पर्ने छ । १५ सय रुपैयाँ तिरेपछि एउटा गीतको सबै विधामा फारम भर्न पाईने पनि आयोजक टोलीले बताएको छ । यसरी फारमबाट प्राप्त सम्पूर्ण रकम अग्लेश्वरी हिल्स् रामेछापको विकाश तथा पर्यटन प्रवर्धनमा खर्च गरिने भएको छ ।

यो अवार्ड आगामी मँसिरमा आयोजना गरिने भएको छ । अवार्ड समारोहमा राष्ट्रिय व्यक्तित्वलाई सम्मान समेत गरिने अध्यक्ष सिञ्जालीले बताएका छन् । यो अवार्ड आयोजना गर्नुको अर्को उदेश्य रामेछापको अग्लेश्वरी हिल्स सुनापाति क्षेत्रको पर्यटन प्रवर्धन भएको पनि उनले जानकारी गराएका छन् । अग्लेश्वरी हिल्स्को वेभ साईट र फेसबुक पेज तथा अग्लेश्वरी हिल्सको कार्यालय नयाँ बानेश्वर, थापागाउँमा अवार्डको फारम उपलब्ध हुने जनाईएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...