Admission Open

सनराइज फर्निचरले ल्यायो दसैं तिहार अफर, ४० प्रतिशतसम्म छुट

काठमाडौं : नयाँ बानेश्वरस्थित सनराइज फर्निचरले दसैं तिहारलगायतका चाडपर्वलाई लक्षित गरी विशेष अफर ल्याएको छ । कम्पनीले अफर अन्तर्गत ग्राहकलाई ४० प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।

‘सप मोर, गेट मोर अफर’ अन्तर्गत ग्राहकले जति धेरै फर्निचर किन्यो त्यति धेरै छुट पाउने सञ्चालक सुमन बस्नेतले जानकारी दिए । सपिङ अनुसार ग्राहकले २२ देखि ४० प्रतिशत छुट प्राप्त गर्नेछन् । चाडपर्वको अवसरमा ल्याइएको छुट अफरबाट धेरै ग्राहकहरु लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ ।

सनराइज फर्निचर स्वदेशी ब्राण्ड हो । नेपाली र चिनियाँ व्यवसायीहरुको संयुक्त लगानीमा संचालित सनराइज फर्निचरको फ्याक्ट्री १४ वर्ष अगाडि स्थापना भएको थियो । सनराइज फर्निचरका अन्य शोरुमहरु ढल्कु र जडिबुटी पनि छन् ।

कम्पनीले आकर्षक शोरुमसहित नयाँ बानेश्वरमा तेस्रो शाखा स्थापना गरेको हो । शोरुमका ४ वटा तलामा विविध प्रकारका फर्निचर सामग्री सजाइएको छ । ग्राहकले आफ्नो रोजाईअनुसारको फर्निचरहरु शोरुमबाट अर्डर गर्न सक्ने सञ्चालक बस्नेत बताउँछन् । नेपालमा काठको फर्निचरमा ‘नम्बर वान’ बन्ने लक्ष्यसहित कम्पनीले सेवा प्रदान गरिरहेको बस्नेत बताउँछन् । ‘गुणस्तरिय फर्निचर आवश्यक पर्ने ग्राहकले हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ,’ बस्नेतले भने ।

क्वालिटी, फिनिसिङ, राम्रो काठको छनोट, राम्रो प्लाइको प्रयोगले सनराइज फर्निचरका सामान निकै आकर्षक र बलियो हुने बस्नेतले बताए । ‘ग्राहकको अर्डर र डिजाइनअनुसारको फर्निचर सामग्री तयार हुन्छ,’ उनले भने । सनराइज नेपालमै बनेको फर्निचर ब्राण्ड भएकाले धेरैको रोजाईमा पर्ने गरेको बस्नेतले बताए ।

शोरुममा अफिस फर्निचर, कस्टम फर्निचर, किचन फर्निचर, स्टोरेज फर्निचर, होटल तथा रेष्टुरेन्ट फर्निचर, लिभिङ रुम फर्निचर, बेड रुम फर्निचरलगायत ग्राहकले आफ्नो आवश्यकता अनुसारको फर्निचर शोरुममा अर्डर गर्न सक्नेछन् ।

टिप्पणिहरु
Loading...