Admission Open

ad place

क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर नेपाल फर्किँदै सन्दीप लामिछाने

काठमाडौँ :  नावालिका बलात्कारको आरोप लागेका राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) छोडेर नेपाल फर्किने बताएका छन् । लामिछानेले आज बिहान सामाजिक सञ्जालमार्फत सीपीएल छोडेर केही दिनमा नेपाल फर्किने बताएका हुन् ।

उनले आधारहीन आरोपको सामना गर्न आफू तयार रहेको भन्दै अनुसन्धानमा सघाउने प्रतिवद्धता व्यक्त गरे । नेपालको कानुन मान्ने र सबै कुराको सामना गर्ने सन्दीपको भनाइ छ । साथै उनले निष्पक्ष छानबिन हुने कुरामा आफू आशावादी गरेको बताएका छन।

नावालिका बलात्कार अभियोगमा जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेपछि क्यानले बिहीबारनै लामिछानेलाई निलम्बन गरिसकेको छ।

लामिछानेविरुद्ध महानगरीय प्रहरीवृत्त गौशालामा जाहेरी परेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...