Admission Open

ad place

दसैं-तिहारमा Skyworthको ‘क्यासब्याक दनादन, उपहार टनाटन’

काठमाडौं : के.एल.दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले दसैं-तिहारको अवसरमा स्काईवर्थ होम अप्लायन्समा “Skyworth क्यासब्याक दनादन उपहार टनाटन” सार्वजनिक गरेको छ ।

यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले स्काईवर्थ होम अप्लायन्सको खरिदमा ३५ प्रतिशत सम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क उपहारहरु प्राप्त गर्न सक्नेछन् ।

विगत ५ वर्षदेखि स्काईवर्थले नेपाली बजारमा निकै लोकप्रियता कमाईरहेको छ र देशभरका उपभोक्ताहरुको शीर्ष रोजाई बन्दै आइरहेको छ ।स्काईवर्थ होम अप्लायन्स विगत एक दशकदेखि विश्वभरका उपभोक्ताहरुको दिगो, विश्वासिलो र भरपर्दो उत्पादन बनेको छ ।

नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउदै आइरहेको छ । ग्राहकहरुले यो ब्राण्डमार्फत नयाँ अनुभव बटुल्ने अवसर पाउनुका साथै यो चाडपर्वलाई अझै विशेष बनाउन सक्नेछन् भन्ने स्काईवर्थको विश्वास रहेको छ ।

टिप्पणिहरु
Loading...