Admission Open

नेप्सेमा सामान्य गिरावट, कारोबार १ अर्बमाथि

काठमाडौं : साताको पाँचौ दिन पनि सेयर बजार परिसूचक (नेप्से) घटेको छ । साताको पहिलो कारोबार दिन सामान्य बढेर बन्द भएको नेप्से त्यसयता लगातार ओरालो लाग्दै आएको छ । बुधबार झन्डै १२ अंकले घटेको नेप्से बिहीबार भने २ दशमलव १३ अंकले घटेर १ हजार ९ सय ३७ दशमलव ७४ अंकमा झरको छ।

आज दुई सय २७ वटा कम्पनीको ३४ लाख एक हजार कित्ता सेयर किनबेच हुँदा कुल एक अर्ब चार करोड ४४ लाखको कारोबार भएको छ। आज सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको १३ करोड १० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

नेप्सेमा गिरावट भए पनि विकास बैंक, वित्त कम्पनी, हाइड्रोपावर, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा उपसूचकमा वृद्धि भएको छ । तर, बैंकिङ, जीवन बीमा, अन्य लगायतको उपसूचकमा भने गिरावट आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...