Admission Open

बजाज इन्ट्रासिटीको चाडपर्व अफर : ‘यस पालीको चाड, उपहारसंगै स्वरोजगार’

काठमाडौं : बजाज थ्री ह्वीलर्स, BAJAJ RE BS6 र BAJAJ Maxima C को एकमात्र वितरक, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लिमिटेडले दसैं, तिहार र छठ अभियान सुरु गरेको छ ।

यस अभियानको नाम “यस पालीको चाड, उपहार संगै स्वरोजगार“ राखिएको छ । बजाज इन्ट्रासिटीले स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि सुरु गरिएको यो अभियानमा Bajaj Maxima C वा Bajaj RE BS6 को खरिदमा ३२ इन्चको Himstar LED Smart TV वा  Samsung F22 Smart फोन पाउनु अफर ल्याएको छ ।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लिमिटेडका निर्देशक अभिमन्यु गोल्छाले भने, “चाडपर्वको अवसरमा हाम्रा ग्राहकहरू माझ यो अभियान प्रस्तुत गर्न पाउँदा हामीलाई निकै गर्व लागेको छ । उत्कृष्ट उत्पादनहरूका साथै चाडवाडको रमाइलो अवसरमा रमाइला अफरहरू हाम्रा ग्राहकहरूलाई प्रदान गर्ने हाम्रो लक्ष्य हो ।

यो अफरले मानिसहरूलाई आफ्नै देशमा Bajaj Maxima C वा Bajaj RE BS6 खरिद गरि स्वरोजगार भई आत्मनिर्भर हुन प्रोत्साहन गर्नेछ ।’ यो अफर सिमित अवधिको लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...