
काठमाडौँ, २० भदौ : आज नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । आइतबार एकैदिन तोलामा ६ सय रुपैयाँले बढेको छापावाल सुनको मूल्य सोमबार पनि पुनः १ सय रुपैयाले बढेको छ ।
तोलामा एक सय रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य तोलाको ९३ हजार ७ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार छापावाल सुन तोलाको ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको मूल्य तोलाको ९३ हजार २ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । त्यसैगरी, आइतबार ११ सय १० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि तोलामा पुनः ५ रुपैयाँले बढेको छ ।


