Admission Open

ad place

आज प्रतितोला १ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको ओरालो आत्रा जारी रहेको छ । बिहीबार तोलामा ९ सयले घटेको सुनको मूल्य शुक्रबार फेरि १ सय रुपैयाँले घटेको हो ।

तोलामा १ सय रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ कायम भई कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहीबार छापावाल सुन तोलाको ९३ हजार १ रुपैयामा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन तोलामा ९२ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदी शुक्रबार तोलामा ५ रुपैयाँले बढेको छ । तोलामा ५ रुपैयाँले बढेसँगै आज चाँदी तोलाको ११ सय ५ रुपैयाँमा कारोबार भईरहको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलाको ११ सय रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...