Admission Open

हरितालिका तीज पर्व राष्ट्रिय एकताको आधार स्तम्भ हो : प्रधानमन्त्री देउवा

काठमाडौँ, १४ भदौ : हिन्दू धर्मावलम्वी नेपाली महिलाको महान पर्व हरितालिका तीज पर्वको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना व्यक्त गरेका छन् । शुभकामना दिँदै प्रधानमन्त्री देउवाले सरकारले नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रुपान्तरण गर्ने प्रयासमा निरन्तर क्रियाशील रहेको बताएका छन्।

त्यस्तै प्रधानमन्त्री देउवाले नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बद्र्धनका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन्।

त्यसैगरी प्रधानमन्त्री देउवाले सांस्कृतिक पर्व हरितालिका तीजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय, वर्गीय र सबै किसिमका असमानताहरूको अन्त्य गर्ने विश्वास लिएका छन्। साथै प्रधानमन्त्री देउवाले यस पर्वले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकताको आधार स्तम्भको रुपमा स्थापित हुने दिशामा एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भनी कामना गरेका छन्।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...