Admission Open

पोखरा पर्यटन परिषद्का मनोनीत पदाधिकारीले लिए शपथ

पोखरा : पोखरा पर्यटन परिषद्को पहिलो बैठकले आइतबार थप ३ सदस्य मनोनित गर्दै पदाधिकारी चयन गरेको छ ।

गत भाद्र ९ गते परिषदको २२औँ बार्षिक साधारण सभा तथा १२औँ अधिवेशनले पोम नारायण श्रेष्ठको नेतृत्वमा ६ सदस्य सहितको कार्यसमिति निर्वाचित गरेको थियो । परिषदको संशोधित विद्यानको परिच्छेद ४ को दफा १२को उपदफा (क) को ११ को अधिकार प्रयोग गरी नाट्टा गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष सञ्जयकान्त सिग्देल, टान गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष हरि भुजेल र रेवान पोखराका पूर्व अध्यक्ष चौ बहादुर गुरुङलाई मनोनित गरेको छ । साथै उक्त पहिलो बैठकले देहाय बमोजिम पदाधिकारी चयन गरेको छ ।

कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत तथा संस्थाका पूर्व अध्यक्ष डम्बर बहादुर केसीले निर्वाचित अध्यक्ष तथा सदस्यहरुलाई सपथ खुवाएका थिए भने मनोनीत पदाधिकारीलाई अध्यक्षले पद तथा गोपनियता गराई शपथ खवाएका थिए । पदस्थापन कार्यक्रमलाई संस्थाका पूर्व सल्लाहकार वासुदेव त्रिपाठीले सहजिकरण गरेका थिए ।

पदस्थापना कार्यक्रममा निवर्तमान अधयक्ष गोपी बहादुर भट्टराई, पूर्व अध्यक्षहरु सोम बहादुर थापा र  चिरञ्जीवी पोखरेलले शुभकामना मन्तव्य राराखेका थिए । नवनिर्वाचित अध्यक्षले प्रतिवद्धता मन्तव्य राखेका थिए ।

नयाँ  पदाधिकारी समिति :

१ अध्यक्ष : पोमनारायण श्रेष्ठ
२ निवर्तमान अध्यक्ष : गोपी बहादुर भट्टराई
३ प्रथम उपाध्यक्ष : कृष्ण प्रसाद भण्डारी
४ द्धितिय उपाध्यक्ष  : तारानाथ पहारी
५ महासचिव   :    सञ्जयकान्त सिग्देल
६ सचिव  : हरि भुजेल
७ कोषाध्यक्ष : चौ बहादुर गुरुङ्ग
८ सह-कोषाध्यक्ष :  बोवरजंग गुरुङ्ग
९ सदस्य : कृष्ण प्रसाद काफ्ले
१० सदस्य : निम बहादुर मगर
११ सदस्य : जीवनराज सापकोटा
परिषदको विद्यान अनुसार यसका सदस्य संस्थाहरुका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था गरेको छ ।
१२ पदेन सदस्य  :  नारायण कोइराला   (पोखरा उद्योग वाणिज्य संघ)
१३ पदेन सदस्य  :  लक्ष्मण सुवेदी   (होटल संघ पोखरा नेपाल)
१४ पदेन सदस्य  :  शुशिल राज पौडेल (टान गण्डकी प्रदेश)
१५ पदेन सदस्य  :  हरिराम अधिकारी (नाट्टा गण्डकी प्रदेश)
१६ पदेन सदस्य  :  नरेश बहादुर भट्टराई  (  रेवान पोखरा)
१७ पदेन सदस्य  :  प्रकाशमणी तिवारी (पोखरेली ट्याक्सी सेवा प्रा.लि)
१८ पदेन सदस्य  :  नारायण सापकोटा (टेसा पोखरा)
१९ पदेन सदस्य  :  विश्वराज पोखरेल   ( एगा पोखरा)
२० पदेन सदस्य  :  शुनिल बहादुर भट्टराई  (नेपाल हवाई खेलकुद संस्था ना पोखरा)
२१ पदेन सदस्य  : उदय सुवेदी  (भिटोफ नेपाल गण्डकी प्रदेश)
२२ पदेन सदस्य  : बाबुराम पाण्डे   (नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेश)
२३ पदेन सदस्य  :  शेषकान्त शर्मा  (नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश)
२४ पदेन सदस्य  :  विरेन्द्र लामा  (नारा गण्डकी प्रदेश)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...