Admission Open

आज नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाल र केन्याबीचको तेस्रो खेल हुँदै

काठमाडौँ, १२ भदौ : आज घरेलु टोली केन्यासँग नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेस्रो टी-ट्वान्टी अन्तर्राष्‍ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ ।

केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्यासँग प्रतिष्पर्धा गर्न लागेको हो । नेपाली समयअनुसार दिउँसो ३स्४५ बजे खेल सुरु हुनेछ ।

पाँच खेलको सिरिजमा नेपाल र केन्या १-१ को अवस्थामा रहेको छ । केन्या र नेपाल दुबै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् । बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो, भने शुक्रबार भएको दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो ।

नेपाल र केन्याबीच चौंथो टी-ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी९ट्वान्टी भदौ १४ गते हुनेछ । टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...