Admission Open

ad place

२० युनिटसम्मकाे विद्युत् महसुल नगरपालिकाले व्यहाेर्ने

ig

काठमाडौँ : जिल्लाको म्याङ्लुङ्ग नगरपालिकाले नगर क्षेत्रभित्र २० युनिटसम्म खपत गर्ने नगरवासीको विद्युत् महसुल तिरिदिन थालेको छ। विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने गरेको थियो।

नगरपालिकाको न्युनतम २० युनिटसम्मको महसुल तिरिदिने भएपछि विद्युत प्राधिकरणलाई समेत फाइदा पुगेको छ। नगरपालिकामा चार हजार छ सय घरधुरीले विद्युत् सेवा लिँदै आएका छन्। यी ग्राहकको न्यूनतम २० युनिटसम्मको विद्युत् महसुल रु एक लाख ३५ हजार नगरपालिकाले प्राधिकरणलाई बुझाउनेछ।

नगर कार्यपालिकाको बैठकले साउन १ गतेदेखि नगर क्षेत्रभित्रका उपभोक्ताको २० युनिटसम्मको विद्युत् महसुल तिरिदिने निर्णय गरेको थियो। सो निर्णयपछि दुर्गम र प्रत्येक महिना महसुल बुझाउन नसक्ने उपभोक्तालाई ठूलो राहत पुग्ने नगरप्रमुख संजयकुमार तुम्बाहाङफेले बताए। नगरपालिकाले नगरभित्रका नागरिकको सेवाका लागि न्यूनतम २० युनिट बराबरको महसुल रु ३० तिरिदिने थालेको भए पनि त्योभन्दा माथि विद्युत् युनिट खपत गर्ने ग्राहकले भने बाँकी रकम आफैं बुझाउनुपर्ने उनले बताए। मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताको महसुल नगरपालिकाले एकमुष्ट प्राधिकरणलाई भुक्तानी गर्ने विषयमा सम्झौता भइसकेको छ। सो सम्झौतापछि उपभोक्तालाई घण्टौं टाढाबाट हिँडेर महसुल बुझाउन आउनुपर्ने बाध्यताको समेत अन्त्य भएको छ। म्याङ्लुङ बजार र आसपासका मुख्य चोकमा १२ वटा बत्ती बालिएका छन्। प्राधिकरणमा सडक बत्तीको मात्रै मासिक रु ८० हजार महसुल उठ्ने गरेको छ।(रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...