Admission Open

ad place

महानगरको टोली राहदानी विभागमा

[ राहदानी विभागले गत वर्ष बनाएको नयाँ भवनको नक्सा पास भेटिएन ]

काठमाडौं, १० भाद्र : राहदानी विभागले गत वर्ष मात्रै बनाएको नयाँ भवनको नक्सा नभेटिएको महानगरले जनाएको छ । त्यसैले नक्सा पास बिना अनाधिकृतरुपमा बनाईएको घर टहरा हटाउने अभियानलाई कायम राख्दै महागरपालिकाको टोली त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेको हो । विभागमा रहेका अवैध संरचना हटाउन महानगरको टोली अहिले त्यहाँ पुगेको छ ।

महानगरले अनाधिकृत संरचना भत्काउन ३५ दिने सूचना जारी गरेको थियो। तर, विभागले कुनै चासो नदिएको र सूचनाको कुनै वास्ता नगरी बसेकोले महानगर एक्सनमा उत्रिएको हो।

हिजो मात्रै महानगरले नयाँ बानेश्वरस्थित अल्फाबिटाले अनधिकृतरूपमा बनाएको संरचना भत्काएको थियो।

नक्सा पास भए बमोजिम अन्डरग्राउण्डमा पार्किङ प्रयोजनमा आए नआएको अनुगमन गर्न महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेसहितको टोली विभाग पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...