काठमाडौँ, ५ भदौ : नेपाली बजारमा लगातार ओरालो लागेको छापावाल सुनको मूल्य आइतबार भने स्थिर रहेको छ ।
शुक्रबार ९५ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, शुक्रबार ९५ हजार रुपैयाँ कायम भई कारोबार भएको तेजाबी सुनको मूल्य आइतबार पनि सोही मूल्य कायमै भई कारोबार भएको महासंघले जनाएको छ ।
त्यसैगरी, चाँदी तोलामा १५रुपैयाँले घटेको छ । तोलामा १५ रुपैयाँले घटेसँगै आइतबार चाँदी तोलाको १ हजार १ सय ७० रुपैयाँ कायम भई कारोबार महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासंघले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।