Admission Open

ad place

काँग्रेस नेता प्रदिप गिरिको निधन, अन्तिम श्रद्धाञ्जलीका लागि गिरिको शव पार्टी कार्यालयमा राखिने, अन्त्येष्टि पनि आजै

काठमाडौँ, ५ भदौ : नेपाली काँग्रेसका नेता प्रदीप गिरिको गए राती निधन भएको छ । नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार बेलुका ९ः३० बजे निधन भएको हो । गिरि ७५ वर्षको हुनुहुन्थ्यो ।

उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पतालको शिवालयमा राखिने र त्यसपछि काँग्रेस केन्द्रीय कार्यालयमा राखिने भएको छ ।

भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका नेता गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पतालमा थप उपचारका लागि भर्ना गरिएको थियो ।

कांग्रेस केन्द्रीय कार्यालयले गिरिको निधनप्रति शोक वक्तव्य जारी गर्दै आज दिउँसो २ बजेसम्म श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...