Admission Open

ad place

कोरोना कहर : नेपालमा आज ६२३ सङ्क्रमित थपिए ४८७ सङ्क्रमणमूक्त

काठमाडौंः नेपालमा  पछिल्लो २४ घण्टामा ६२३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १ हजार ६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जनामा ३ हजार ३२४ जनाको एन्टीजेन परीक्षण गर्दा ३७७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा अवधिमा ४८७ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा शुन्य जनाको मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा १० हजार ९९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल ५ हजार २४ जना सक्रिय सङ्क्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...