Admission Open

सुनचाँदीको मूल्य लगातार ओरालो, आज पनि घट्यो : हेर्नुहोस् आजको मूल्य

काठमाडौँ १ भदौ : नेपाली बजारमा सुनचाँदीको ओरालो यात्रा कायमै रहको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोलामा ५ सय रुपैयाँले घटेको छ ।

तोलामा ५ सय रुपैयाले घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रुपैया तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयामा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ७ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन तोलाको ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदी तोलामा १० रुपैयाँले घटेको छ । तोलामा १० रुपैयाँले घटेसँगै आज चाँदी तोलाको १ हजार २ सय २० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलाको १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासंघले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...