Admission Open

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, ३१ साउन : नेपाली बजारमा सुनचाँदीको भाउ आज पनि पुनः घटेको छ । सोमबार ४ सय रुपैयाँले घटेको छापावाल सुनको मूल्य तोलामा आज ७ सय रुपैयाँले घटेको छ ।

तोलामा ७ सय रुपैयाले घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैया तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला  ९७ हजार ४ सय रुपैयामा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ तोकि कारोबार भएको महासंघले जनाएको छ । सोमबार तेजाबी सुन तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज  चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । तोलामा १५ रुपैयाँले घटेसँगै आज चाँदी तोलाको १ हजार २ सय २० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । सोमबारचाँदी तोलाको १ हजार २ सय ३५  रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासंघले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...