Admission Open

स्वस्थ रहन्छ घर, जब पाइपमा हुन्छ गुणस्तर

कुनै पनि आवासीय घर होस् वा व्यावसायिक भवन, निर्माणको प्रक्रियामै उचित पाइपिङ प्रणालीको छनोट गर्नु अत्यावश्यक हुन्छ । निर्माण क्रममा नै राम्रा गुणस्तरको पाइप छनोट गर्न नसक्दा पाइपहरु फुट्ने, चुहिने, खिएर जाने, पाइप भित्र जीवाणुहरु फैलिने, पाइपमा प्रयोग भएको केमिकल पानीमा मिसिने इत्यादी समस्याहरू आउने गर्दछन् । पाइपिङ प्रणाली घरको भित्ताको भित्री भागमा जडान हुने हुँदा कुनै पनि समस्या आइपर्दा भित्तानै सबै भत्काएर पाइप फेर्नुपर्ने हुन्छ जसले घरको संरचना नै बदल्न सक्छ । त्यसैले निर्माणको सुरुवातमा नै गुणस्तरीय र भरपर्दो पाइपहरुको प्रयोग गरे यस्ता समस्याहरुबाट जोगिन सकिन्छ ।

बजारमा धेरै प्रकारका पाइपहरू उपलब्ध छन् । कुनै पनि घर निर्माण गर्दा पाइपको गुणस्तरको साथ साथै कुन पाइप कहाँ प्रयोग हुन्छ भन्ने कुराको जानकारी हुनु पनि उत्तिकै महत्वपुर्ण हुन्छ । एउटा सामान्य घर बनाउँदा प्राय ३ किसिमको पाइपहरु लाग्दछ; भान्छाको लागि सिपिभिसि, बाथरुम तथा ड्रेनेजको लागि ड्रेनेज पाइप र वायरिङ्गको लागि इलेक्ट्रिकल कन्डुएट पाइपहरु प्रयोग हुन्छन् ।

नेपालको पहिलो CPVC पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलिमर पाइपिङ प्रणालीका अग्रणी उत्पादक र निर्यातकर्ता मंगलम इन्डस्ट्रि प्राइभेट लिमिटेड नेपालकै पहिलो र सबैभन्दा ठुलो पुर्वाधार लगानी भएको पाइपिङ उद्योग हो । पाइपिङ प्रणालीहरूको पूर्ण दायरा जस्तै प्लम्बिङ, ड्रेनेज, पानी आपूर्ति, कृषि र विद्युतीय पाइपिङका लागि वन–स्टप समाधान उपलब्ध गराउने नेपालका केही कम्पनीहरूमध्ये मंगलम एक हो । ग्राहकको विश्वसनीयता र प्लम्बिंग प्रणालीहरूको आवश्यकताहरू ध्यानमा राख्दै मंगलम समूहले नेपाली बजारमा प्लम्बिंग सामग्रीहरू उत्पादन र वितरण गर्दै आएको छ ।

मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ । नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ । अरु पाइपहरुको तुलनामा गुणस्तर, टिकाउ, वातावरण मैत्री र सुपथ मुल्यमा पाउने हुँदा बजारमा यसको आफ्नो छुट्टै स्थान रहेको छ । छिटो र सजिलै जडान गर्न सकिने, जोइन्टहरू बनाउनको लागि कुनै सल्भेंट सिमेन्टको आवश्यक नपर्ने मंगलमका उत्पादनहरू आईएसओ ९००१ः२०१५ प्रमाणित छन् भने मङ्गलमको CPVC, PVC र HDPE पाइप आईएसओ साथ साथै नेपाल गुणस्तर (एनएस) पनि प्रमाणित छन् । यी उत्पादनहरु प्लम्बिङ पेशामा लागेका अनुभवी पेशाकर्मीहरुको साथै घर–धनीहरु र निर्माण व्यवसायीहरुको पहिलो र विश्वसनीय रोजाइ भएको मंगलमको विश्वास रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...