Admission Open

आजको मौसम पूर्वानुमान : देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना

काठमाडौँ, ३१ साउन : आज देशका अधिकांश स्थानमा पानी पर्ने अनुमान गरिएको  मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ । देशका धेरैजसो भू/भागमा आंशिक बदली रहेको र प्रदेश नम्बर १, बागमती  र गण्डकी प्रदेशका एक दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आज दिउँसो देशका पहाडी भू/भागका थोरै स्थानमा र बाँकी भू/भागका एक/दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  भोली भने  गण्डकी प्रदेशका एक/दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षा हुने अनुमान गरिएको छ ।

त्यसैगरी महाशाखाले मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने भएकाले पहाडी भू/भागमा भू/क्षय, पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...