Admission Open

घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा भइरहेको छ ?

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार तोलामा ५ सयले बढेको छापावाल सुनको मूल्य सोमबार भने तोलामा ४ सय रुपैयाँले घटेको छ ।

तोलामा ४ सय रुपैयाले घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रुपैया तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयामा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ९ सय रुपैयाँ तोकि कारोबार भएको महासंघले जनाएको छ । आइतबार तेजाबी सुन तोलाको ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । तोलामा १५ रुपैयाँले घटेसँगै आज चाँदी तोलाको १ हजार २ सय ३५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । आइतबार चाँदी तोलाको १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासंघले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...