Admission Open

राष्ट्रपतिबाट फिर्ता पठाइयो नागरिकता विधेयक : अव के हुन्छ ?

काठमाडौँ, २९ साउन : नागरिकता विधेयकमा संसदले पुनर्विचार गर्न आवश्यक रहेको भन्दै राष्ट्रपतिले संघीय संसदमै फिर्ता पाठएकी छन् । नागरिकता विधेयक फिर्ता पठाउँदै राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देश दिएकी छन् ।

आज राष्ट्रपति कार्यालयले  विज्ञप्तिमार्फत सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको विधेयक  राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को (३) अनुसार  पुनः प्रतिनिधिसभामै फिर्ता गरेको जानकारी दिएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेपछि साउन १५ गते सभामुख  सापकोटाले प्रमाणीकरण गरेर पठाएको १४ दिनमा राष्ट्रपतिले सो विधेयक प्रतिनिधिसभामै फिर्ता गरेकी हुन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...