Admission Open

आज पनि बस्दै संसद बैठक, के छ आजको बैठकको कार्यसूची ?


काठमाडौँ, २९ साउन : आज बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभा बैठक बस्ने भएको छ । आजको बैठकमा विभिन्न कार्यसूचीमाथि छलफल हुने संसद सचिवालयले जानकारी दिएको छ ।

आज बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक, २०७५ माथि छलफल तथा पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी अर्थमन्त्री शर्माले ‘अर्थ समितिको प्रतिवेदन सहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल पश्चात पारित गरियोस्,’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले बताएको छ ।

बैठकमा राष्ट्रिय सभाको सन्देश सहितको ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ को दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...