Admission Open

ad place

आज वर्षाको सम्भावना, सुदूरपश्चिमममा भारी वर्षा हुनसक्ने


काठमाडौँ, २९ साउन : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ भने दिउँसो मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका एक(दुई स्थानमा वर्षाको सम्भावना रहेको छ । सोमबार बाग्मती, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आकलन गरिएको छ ।

मंगलबार कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...