Admission Open

ad place

परराष्ट्रमन्त्री डा. खड्का आज चीन जाँदै : वाङ यीसँग सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने

काठमाडौं, २४ साउन : परराष्ट्रमन्त्री डा. नारायण खड्का आज चीन भ्रमणमा जाँदैछन्  । मन्त्री खड्कासहित  ११ सदस्यीय टोली चीनको तीन दिने औपचारिक भ्रमणमा जान लागेका हुन् । खड्काको भ्रमण ‘दुई मुलुकबीच विश्वासको वातावरण बढाउन’ केन्द्रित रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

खड्काले चिनियाँ समकक्षी वाङ यीसँग बुधबार चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार यो भ्रमण ‘रेसिप्रोकल’ हो । ‘केही समयअघि चीनबाट परराष्ट्रमन्त्रीजी आउनु भएको थियो, उहाँकै निम्तोमा नेपालबाट भ्रमण हुन लागेको हो ।’

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...